• ७ असोज २०८३, बुधबार
  • ७ः२७ बिहान

१३ औं सागः आइतबार १५ खेल हुँदै

प्रकाशित मिति

२०७६ मंसिर २२ गते, आईतवार ०९:४२

१३ औं सागः आइतबार १५ खेल हुँदै

काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आठौं दिन आइतबार विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । आइतबार आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।

National Life

जसमा महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ । आइतबार १५ खेल मध्ये एउटा खेल आजबाट सुरुवात हुनेछ । जुडोको खेल आइतबारबाट सुरु हुँदैछ । त्रिभुवन आर्मी क्लबको शारिरीक तथा प्रशिक्षण केन्द्रमा हुने जुडोको पहिलो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।

प्रतिकृया