• ७ असोज २०८३, बुधबार
  • ७ः२८ बिहान

१३ औं सागको ‘साइक्लिङ’ले शुक्रबार र शनिबार यी सडकमा सवारी साधनलाई रोक

प्रकाशित मिति

२०७६ मंसिर २० गते, शुक्रबार १०:२५

काठमाडौँः कलंकी कोटेश्वर हुँदै भक्तपुरको जगातीसम्मको सडक खण्डमा शुक्रबार र शनिबार अत्यावश्यक बाहेक अन्य सवारीसाधन नचलाउन महानगरीय ट्राफिक प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । १३औँ सागका छोटो र लामो दुरीको साइक्लिङ खेल हुने भएकाले अत्यावश्यक सवारीसाधन उक्त सडक खण्डमा दुई दिन सर्भिस लेनमा मात्र चलाउन पनि प्रहरीले सूचित गरेको छ।

National Life

साग अन्तर्गत शुक्रवार कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्म साइक्लिङ हुनेछ। उक्त सडक खण्डमा दायाँ र बायाँको सर्भिस लेनमा मात्र सवारीसाधन चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

यस्तै, शनिवार कलंकी, सातदोबाटो, कोटेश्वर हुँदै सूर्यविनायकसम्म लामो साइक्लिङ हुने भएकाले उक्त दिन पनि सर्भिस लेनमा मात्र सवारी चलाउन प्रहरीको आग्रह छ। यस्तै, शनिवार नै कोटेश्वरबाट भक्तपुरको जगातीसम्म जाने सम्पूर्ण सवारीसाधनलार्ई जडिबुटी चोकबाट पेप्सीकोला, ब्यासी, कमल विनायकको रुट प्रयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया