• ७ असोज २०८३, बुधबार
  • ९ः०७ बिहान

एक महिलालाई अदालत जाँदै गर्दा बाटोमै जलाउने प्रयास

प्रकाशित मिति

२०७६ मंसिर २० गते, शुक्रबार १०:३७

एजेन्सी, उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ । उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको धेरै भाग जलेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ।

National Life

गत मार्चमा आफू बलात्कृत भएको भन्दै उनले स्थानीय दुईजना पुरुषविरुद्ध जाहेरी दिएकी थिइन्। अदालतमा उक्त मुद्दाको सुनुवाइका लागि ती महिला जाँदै गर्दा बाटोमा पर्ने ट्रेन स्टेसनमा पुरुषहरूको एक समूहले तानेर नजिकैको खेतमा पु¥याई आगो लगाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनापछि बलात्कार गरेको आरोप लागेका दुईजनासँगै अरू तीनजना पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ।

बलात्कारसम्बन्धी अर्को घटनाका कारण उन्नाओ जिल्ला हालसालै समाचारमा आएको थियो। सत्तारुढ दल भाजपाका एक सांसदविरुद्ध हत्या अभियोगको मुद्दा प्रहरीले अगाडि बढाएको छ। कार दुर्घटनामा परी गम्भीर घाइते भएकी ती महिलाले भाजपा सांसदले बलात्कार गरेको अभियोग लगाइकी थिइन्। उक्त दुर्घटनामा ती महिलाका दुईजना नातेदारका मृत्यु भएको थियो भने तिनका वकिल घाइते भएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

बलात्कारका पछिल्ला यी घटनाप्रति भारतका आम जनसमुदायले आक्रोश व्यक्त गरेका छन्। उत्तर प्रदेशको यो घटनापछि सामाजिक सञ्जालहरूमा यसको चर्का विरोध भएको छ। भारतमा एक साताअघि मात्र त्रासदीपूर्ण हत्या र बलात्कारको दुईवटा घटना सञ्चारमाध्यममा प्रमुखताका साथ सार्वजनिक भएका थिए। एउटा घटनामा भारतको हैदरावादमा गत नाभेम्बर २७ मा एकजना २७ वर्षीया महिलाको बलात्कारपछि आगो लगाएर हत्या भएको थियो। उनको ढडेको शरीरको केही भाग गत सातामात्र पत्ता लागेको थियो।

सन् २०१२ को डिसेम्बरमा राजधानी नयाँ दिल्लीमा एकजना युवतीलाई यात्रुबाहक बसमा सामूहिक बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएपछि भारतमा बलात्कार र यौन हिंसाका घटनाहरू चर्चामा रहेका छन। त्यसो हुँदाहुँदै पनि महिलाविरुद्ध हुने यस्ता खाले अपराधको संख्यामा कुनै कमी आएको छैन। सन् २०१७ मा मात्र भारतमा बलात्कारसम्बन्धी ३३ हजार ६ सय ५८ मुद्दा प्रहरीकहाँ दर्ता भएका छन्। यो हिसाबले भारतमा प्रत्येक दिन ९२ बटा बलात्कारसम्बन्धी घटनाहरू हुने गर्छन्।

प्रतिकृया