• २ असोज २०८३, शुक्रबार
  • ९ः४१ बिहान

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउने

प्रकाशित मिति

२०७६ मंसिर ६ गते, शुक्रबार १२:०७

काठमाडौं, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल भ्रमणमा आउने भएका छन् । भ्रमणका लागि केही महिनायता गृहकार्य भइरहेकोमा रुसका तर्फबाट सकारात्मक जवाफ आएपछि भ्रमणको सम्भावना बढेको हो ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ७ मंसिरबाट हुने रुस भ्रमणका क्रममा पुटिनको भ्रमणबारे गृहकार्य अघि बढ्नेछ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री ज्ञवाली राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी राष्ट्रपतिलाई भ्रमणको निमन्त्रण गर्दै लेखेको औपचारिक पत्र लिएर रुस जानु हुनेछ।

National Life

रुसका राष्ट्रपति नेपाल भ्रमणमा आउने खुलासा नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता वामदेव गौतमले दिनु भएको हो। उहाले नेकपाको चीयापानमा ऋषि धमलासँगको कुराकानीमा गरेको खुलासा रिपोर्टर्स नेपालले प्रकाशित गरेको थियो । सरकारका प्रवक्ता गोकुल बास्कोटाले पनि पुटिन नेपाल भ्रमण आउनसक्ने बताउनु भएको हो ।

पुटिन नेपाल आएमा रुसी राष्ट्रपतिबाट पहिलो नेपाल भ्रमण हुनेछ । यसअघि रुसका कम्युनिष्ट पार्टीका नेता, प्रधानन्याधीश, सांसदहरुले मात्र नेपाल भ्रमण गरेका छन् । तत्कालिन राजा महेन्द्रले सन् १९५८, वीरेन्द्रले १९७६ र तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले २०१० मा रुसको औपचारिक भ्रमण गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

सन् १९५६ मा कुटनीतिक सम्बन्ध स्थापना भएपछि रुसबाट नेपालमा राष्ट्रपति या प्रधानमन्त्री तहको भ्रमण भएको छैन । रुसको पछिल्लो समय नेपालमा चासो बढ्दै गएको छ । उसले प्रविधि र ऊर्जा क्षेत्रमा लगानीमा चासो बढाएको छ ।

प्रतिकृया