• १८ भदौ २०८३, बिहीबार
  • १०ः३५ राती

काउलीको यसरी प्रयोग गर्दा क्यान्सरबाट बच्न सकिन्छ

प्रकाशित मिति

२०७६ मंसिर ५ गते, बिहीबार ०१:५४

काउली तरकारी मध्ये एक विशेष तरकारी हो । तरकारी र फलफूललाई मिलाएर खाना सके विभिन्न रोगबाट बच्न सकिन्छ । त्यसै गरी काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय मानिन्छ । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई निष्क्रिय पार्छ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ ।

क्यान्सरबाट बच्न काउली खाने विधि
अध्ययनहरूले के देखाएका छन् भने, काउलीलाई धेरै पकाएमा यसमा पाइने क्यान्सर विरुद्ध लड्ने तत्वहरू नाश हुने सम्भावना रहन्छ । विज्ञहरू यसलाई काँचै खान सल्लाह दिन्छन् ।

Kamana Sewa

विज्ञहरुको सुझाव छ अनुसार , ‘काउलीलाई एउटा नुनपानी भएको भाँडामा करिब चार घन्टा जति डुबाउने र चिसो पानीले मज्जाले पखालेर खाने ।’ यसलाई लेदो बनाएर पनि अन्य विभिन्न परिकारको मिश्रण गरेर खान सकिन्छ । साथै सलादका रूपमा यसको प्रयोग धेरै नै उत्तम हुन्छ ।

Classic Tech Desktop

काउलीलाई काटेर नुनको पर्याप्त मात्रा मिलाई मजाले थिचेर बोतलमा राख्दा यसबाट निस्केको रसले विस्तारै अमिलोपना विकास गर्छ । चारदेखि सात दिनभित्र यसरी राखिएको काउली खानका लागि उपयुक्त हुन्छ । यसरी राखिएको काउलीमा क्यान्सर विरुद्ध लड्ने रसायनहरूको राम्रो विकास हुन्छ र शरीरलाई फाइदा गर्छ ।

काउलीमा हुने पौष्टिक तत्व

१२८ ग्राम काउली खाएमा शरिरले निम्न अनुसारका पौष्टिक तत्वहरु पाउँने गर्छ ।

क्यालोरी– २५ ग्राम
फाइबर– ३ ग्राम
भिटामीन ‘सी’– दैनिक आवश्यक मात्राको ७७ प्रतिशत
भिटामीन ‘के’– दैनिक आवश्यक मात्राको २० प्रतिशत
भिटामीन ‘बी ६’– दैनिक आवश्यक मात्राको ११ प्रतिशत
फ्लोएट– दैनिक आवश्यक मात्राको १४ प्रतिशत
पान्टोथेनिक एसिड– दैनिक आवश्यक मात्राको ७ प्रतिशत
पोटासियम– दैनिक आवश्यक मात्राको ९ प्रतिशत
म्यान्गानिज– दैनिक आवश्यक मात्राको ८ प्रतिशत
म्याग्नेसियम– दैनिक आवश्यक मात्राको ४ प्रतिशत
फोस्फरस– दैनिक आवश्यक मात्राको ४ प्रतिशत

निकै धेरै मात्रामा फाइबर पाइने र कम क्यालोरी हुने भएकाले तौल घटाउँनका लागि काउली उपयुक्त खानेकुरा मानिन्छ । यसमा भएको फाइबरले पेटमा सकारात्मक ब्याक्टेरियाहरु बढाउँछ र पेटको जलन पनि कम गराउँछ, जसले पाचन प्रणाली सुधार्छ ।

प्रतिकृया