• ५ असोज २०८३, सोमबार
  • ७ः२० बेलुका

नेकपा माले समानता र समावेशिकरणको पक्षमा छ: महासचिव मैनालि

प्रकाशित मिति

२०७६ मंसिर ५ गते, बिहीबार ११:२८

तुलसीपुर, नेकपा मालेका महासचिव सिपी मैनालीले नेकपा माले समानता र समावेशीकरणको पक्षमा रहेको बताउनुभएको छ । रिपोर्टस क्लव दागले बुधवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव मैनालीले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘नेकपा माले समानता र समावेशीकरणको पक्षमा छ ।’

National Life

रिपोटर्स क्लव दागका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले आफु र आफनो पार्टि धर्म निरपक्षताको बिरोधमा रहेको पनि बताउनुभयो । नेकपा माले धर्मनिरपक्षताको बिरोधमा छ,त्यसको मतलव हिन्दुराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको बताउनुभयो ।

मैनालिले अहिलेको सरकार क्रिस्चीयन धर्मको प्रचार प्रसार र प्रबद्र्धनमा लागेको आरोप लगाउनुभयो । नेपालमा भएको क्रिस्चीयन सम्मेलनलाई सफल पार्न सरकार आफै खट्यो, नेताहरुले करोडौँ रकम कुमल्याए त्यसले पनी नेपालमा क्रिश्चीनिटिको प्रभाव पार्न खोजेको पुष्टी हुन्छ मैनालिको भनाई रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले सबैपार्टी देशमुखी हुनुपर्ने बताउनुभयो । नेकपा माले देश बनाउने पक्षमा भएको भन्दै उहाँले अहिले देशमा सामाजिक पुजीको विकास गर्न आवश्यक रहेको र मुलकमा अर्थतन्त्रको बिकास गर्ने लक्ष्य र उदेश्य आफनो पार्टि संग रेहेको दावि गर्नुभयो । दलाल माफिया पुजिवादको अन्त्यका लागी देशमा राष्टिय पुजि राष्टिय उद्योग बढाउनुपर्ने उहाले बताउनुभयो ।

उहाँले देशका साना व्यवसायीलाई प्रबद्र्धन गर्न जरुरी रहेको धारणा राख्नुभयो । मैनालिले महिला पुरुष समान अधिकार हुनुपर्ने माग पनि गर्नुभयो । उहाँले भन्नुभयो, आफनो पार्टि कडा नागरिकता नितिको पक्षमा रेहको भन्दै ,गैर नेपालीलाई नागरिकता दिनुहुदैन भन्ने पक्षमा रहेको जिकिर गर्नु भयो ।

दाग क्षेत्र नम्वर ३ ख मा हुन लागेको प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा मालेलाई बिजयी गराउनका लागी प्रचार प्रसारका क्रममा दाग आउनु भएका मैनालिले दलहरुका एजेण्डा हेरेर मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभयो । कार्यक्रमको संचालन रिपोटर्स क्लव दागका महासचिव विमल गौतमले गर्नुभएको थियो ।

प्रतिकृया