हटाउने भनेपछि मन्त्रीहरु मन्त्रालय आउनै छाडे
प्रकाशित मिति
२०७६ मंसिर ३ गते, मंगलवार ०३:४४
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पूनर्गठन गर्ने तयारी गर्नु भएको छ । पार्टीको सचिवालय बैठकले मन्त्रिमण्डल पूनर्गठनको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिएको छ । सोहीअनुसार ओलीले तयारीलाई तिव्रता दिनु भएको हो ।
स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले आधा दर्जन मन्त्रीहरुलाई एकसाथ विदाई गर्न लाग्र्नु भएको हो । विदाई हुने चर्चामा रहेका नाममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ पहिलो नम्बरमा छन् । त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, ज्येष्ठ नागरिक तथा महिला, बालबालिका मन्त्री थममाया थापा पनि ओलीले हटाउने मन्त्रीको सूचीमा परेका छन् । उद्योगमन्त्री मातृका प्रसाद यादव, अर्थमन्त्री युवराज खतिवडा, खानेपानी मन्त्री बिना मगरलाई पनि हटाउने सुचिमा राखिएको छ ।
अहिले हटाउने चर्चामा रहेका मन्त्रीहरु मन्त्रालय नै आउन छाडेको सम्बन्धित मन्त्रालयका कर्मचारीहरुले बताए का छन। उनीहरुका अनुसार मन्त्रालय आउन छोडेका मन्त्रीमा रघुवीर महासेठ, चक्रपाणि खनाल, थममाया थापा रहेका छन् ।






प्रतिकृया