• २८ भदौ २०८३, आइतबार
  • ११ः४३ बिहान

‘ए मेरो हजुर–४’ मा अनमोल केसी र सुहाना थापाको जाडी देखिने

प्रकाशित मिति

२०७६ मंसिर २ गते, सोमबार ११:१३

काठमाडौं, अभिनेत्री झरना थापाको ‘ए मेरो हजुर–४’ मा अनमोल केसी र सुहाना थापाको जाडी देखिने भएको छ ।‘होस्टेल’ फिल्मबाट नेपाली फिल्ममा डेब्यु गरेका केसीले अभिनय गरेका अधिकांश फिल्महरुमा नयाँ अभिनेत्रीहरुसँग काम गर्दे आउदा सुहाना थापासंग खेल्ने भएका हुन ।यसअघिको लभ स्टोरी ‘ए मेरो हजुर–३’ फिल्ममा केसी र थापाले एकसाथ रोमान्स गरेका थिए । ‘ए मेरो हजुर–३’ सुहानाको डेब्यु फिल्म रहेको थियो ।

National Life

केसी ‘ए मेरो हजुर–४’ मा अनुबन्द भएको झरना थापाले नै समाजिक सञ्जालबाट जानकारी गराएकी थिइन। अभिनेता केसीले फिल्मको सम्झौता पत्रमा हस्ताक्षर गरेका फोटो निर्देशक थापाले सामाजिक सञ्जालमा राखेकी थिइन्।‘ए मेरो हजुर–४’ लाई सुनिलकुमार थापाले निर्माण गर्नेछन्। सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सो फिल्मको सुटिङ माघको दोस्रो साताबाट हुँदैछ।

अभिनेता केसी ‘जेरी’ मा आना शर्मा, ‘ड्रिम’ मा साम्राज्ञी राज्यलक्ष्मी राणा, ‘गाजलु’ मा सृष्टि श्रेष्ठ, ‘कृ’ मा अदिती बुढाथोकी र ‘क्याप्टेन’ मा उपासना सिंह ठकुरीसँग देखिएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया