कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ: अध्यक्ष कमल थापा
प्रकाशित मिति
२०७६ कार्तिक २७ गते, बुधबार ०२:०८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्ने बताउनु भएको छ । प्रधानमन्त्रीले सीमा विवादबारे राष्ट्रिय धारणा बनाउन शनिबार बालुवाटारमा राखेको सर्वपक्षीय बैठकमा सहभागी भएर बाहिरिएपछि पत्रकारहरूसँग अध्यक्ष थापाले भन्नुभयो, ‘सरकारले विज्ञप्ति निकालेर मात्रै पुग्दैन, अतिक्रमित भूमि फिर्ता ल्याउन र कालापानीबाट भारतीय सेना फिर्ता गर्न पहल गर्नुपर्छ। भारतीय पक्षलाई आफ्ना कुरा भन्नुपर्छ।’
उहाँले नेपालको भूमि कालापानी रहेका भारतीय सेना फिर्ता हुनुपर्ने सुझाव बैठकमा आएको जानकारी दिनुभयो। नेपालतर्फ सीमा क्षेत्रमा सुरक्षा अवस्था मजबुद बनाउन पनि थापाले सुझाव दिनुभएको बताउनुभयो ।
भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपालका भूमि समावेश गरेपछि चर्को विरोध भइराखेको छ। भारतसँग कूटनीतिक पहल गर्नुअघि प्रधानमन्त्रीले शनिबार सर्वपक्षीय बैठक राखेका हुन्।






प्रतिकृया