• २१ भदौ २०८३, आइतबार
  • १ः४४ दिउँसो

न्यूयोर्क सिटी कम्पट्रोलरले गर्यो तामाङ समाज अमेरिकालाई सम्मान

प्रकाशित मिति

२०७६ कार्तिक १७ गते, आईतवार १०:५८

एजेन्सी, न्यूयोर्क सिटी कम्पट्रोलरद्वारा तामाङ समाज अमेरिका सम्मानित भएको छ। तामाङ समाज अमेरिकालाई गत २८ अक्टोबरमा वार्षिक कार्यक्रम अन्तर्गत न्यूयोर्क शहरको विविधताको सम्मान गर्दै मनाइएको दीपावली पर्वको अवसरमा कम्पट्रोलर स्कट स्ट्रिन्जरले सम्मान गरेका हुन्।

National Life

न्यूयोर्क सिटी कम्पट्रोलरबाट यस्ता खालका उच्च स्तरको सम्मान पाउनेमा तामाङ समाज अमेरिका तेश्रो नेपाली संस्था हो। न्यूयोर्क सिटी कम्पट्रोलरले प्रदान गर्ने उक्त सम्मान क्रमसः २०१७, २०१८ मा नेपाल आदिवासी जनजाति महसंघ अमेरिका (फिप्ना) र अधिकारले प्राप्त गर्न सफल भएको थियो।

दक्षिण एसियाली मूलका समुदायको बृहत उपस्थितिमा तामाङ समाज अमेरिकाकी महासचिव विनिता तामाङले संस्थाको तर्फबाट सो सम्मान ग्रहण गरेकी थिइन्।

Classic Tech Desktop

प्रतिकृया