• २२ भदौ २०८३, सोमबार
  • ३ः११ दिउँसो

स्वास्थ सचिव चौधरीद्वारा राजीनामा

प्रकाशित मिति

२०७६ कार्तिक ६ गते, बुधबार १०:३८

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरी सरकारी जागिर छाडेर विश्व स्वास्थ्य संगठन डब्लुएचओमा जाने भएकी छिन्।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले सचिव चौधरीले राजीनामा बुझाएको पुष्टि गरे। राज्यमन्त्री यादवले उनको राजीनामा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको बताए।

National Life

सचिव चौधरीको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृति गर्नुपर्ने हुन्छ। चौधरीले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृति गरेपछि डब्लुएचओमा जागिर खान जानका लागि मार्ग प्रशस्त हुने छ। उनले पदबाट दिएको राजीनामा स्वीकृत गर्ने/नगर्ने मन्त्रिपरिषद्को विशेषाधिकारको विषय हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरुको अनुसार सचिव चौधरीले डब्लुएचओमा जागिर खानका लागि सरकाविरुद्ध सर्वोच्च अदालतमा हालेको मुद्दा समेत फिर्ता लिएर राजीनामा दिएकी हुन्।

Classic Tech Desktop

मुद्दा फिर्ता लिनु अघि उनले मुख्यसचिव लोकदर्शन रेग्मीसँग परामर्श गरेको प्रधानमन्त्री कार्यालयका अधिकारीहरू बताउँछन्। संघीय निजामती सेवा ऐन, २०७५ सदनबाट समयमा नै पारित नहुँदा सचिव चौधरीले डब्लुएचओको पी—फाइभ पदमा जागिर खान जानका लागि चलखेल गर्ने अवसर पाएकी हुन्।

सो विधेयकमा सहसचिव र सचिवलाई अवकाश लिने बित्तिकै एनजिओ, आइएनजिो, कन्सल्टेन्टी, विकासका आयोजना तथा संवैधानिक अंगलगायतका लाभका पदमा जान रोक लगाएको छ। नागरिक दैनिकबाट साभार

प्रतिकृया