• १८ भदौ २०८३, बिहीबार
  • ६ः०८ बेलुका

विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु

प्रकाशित मिति

२०७६ कार्तिक ५ गते, मंगलवार ०३:०७

एजेन्सी, ब्राजिलको बेलो हरिजोन्ट शहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । इन्जिनमा समस्या आएपछि राजधानी शहर मिनास गेराइज राज्यको आवासीय इलाकाको सडकमा सोमबार खसेर दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

विमानले सडकमा गुडिरहेका तीनवटा कारलाई ठक्कर दिएको र त्यसलगत्तै विमानमा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । विमानमा एक चालक र तीन यात्रु सवार थिए ।

Kamana Sewa

विमानका एक व्यक्ति, कारका एक र एक पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । विमानका तीन र एक कार यात्री घाइते भएका छन् । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको अस्पतालको भनाई उद्धृत गर्दै स्थानीय अधिकारीहरुले बताएका छन् । इल्हेअस शहरका लागि उडेको केही समयभित्रै विमान दुर्घटना भएको थियो ।

Classic Tech Desktop

प्रतिकृया