५० वर्षसम्म बिहे नगर्नेलाई अविवाहित भत्ता दिइने
प्रकाशित मिति
२०७६ कार्तिक १ गते, शुक्रबार ०५:११
डोटी, डोटीको दिपायल सिलगढी नगरपालिकाले अविवाहित भत्ता दिने भएको छ । ५० वर्षसम्म बिहे नगरी एकल जीवन बिताइरहेका नगर भित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो ।
नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को नीति कार्यक्रम तथा बजेटमार्फत उक्त कार्यक्रमलाई अगाडी बढाउन पहल सुरु भएको दिपायल सिलगढी नगरपालिका प्रमुखले जानउनु भएको छ ।



पाँचौ नगरसभामा प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा अविवाहित महिलालाई भत्ता दिने बुँदा समेटिएको छ। जसमा ५० वर्षसम्म बिहे नगरी एकल जीवन यापन गरिरहेका महिलालाई वैकल्पिक व्यवस्था नभएसम्म सामाजिक सुरक्षा भत्ता नगरपालिकाले प्रदान गर्ने र उनीहरुलाई सीपमुलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिइने नीति नगरपालिकाले लिएको छ।
त्यसका लागि नगरपालिका भित्र ५० वर्षसम्म बिहे नगरी बसेका महिलाको तथ्यांक संकलनका लागि कार्यविधि तयार पार्न लागिएको नगरपालिकाले जनाएको छ । उक्त कार्यक्रम आगामी मंसिरदेखि सुरु हुनेछ ।




प्रतिकृया