• १९ भदौ २०८३, शुक्रबार
  • ७ः०७ बेलुका

पाटे बाघको छाला सहित २ जना पक्राउ

प्रकाशित मिति

२०७६ कार्तिक १ गते, शुक्रबार ०५:००

काठमाडौं, काठमाडौं महानगरपालिका–२७ ज्याठाबाट दुर्लभ वन्यजन्तु पाटे बाघको छाला २ थान सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका– १५ ठुलो भर्‍याङ बस्ने धादिङ सिद्धलेख गाउँपालिका–४ घर भएका २३ वर्षीय शरण थापामगर र काठमाडौं नागार्जुन स्यूचाटार बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका–३ घर भएका ४१ वर्षीय राम तामाङ रहेका छन् ।

Kamana Sewa

उक्त ठाउँमा दुर्लभ बन्यजन्तुको छाला सञ्चय गरी बिक्री बितरणको लागि ओसार पसार गरिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले बा.४२ प ९८६४ नम्बरको मोटरसाइकललाई जाँच गर्दा प्लाष्टिकको बोराभित्र लुकाईराखेको अवस्थामा उक्त छाला सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया