• १४ असोज २०८३, बुधबार
  • ९ः३५ बिहान

पृथ्वी राजमार्गमा आवागमन सहज बन्दै, आज दिउँसो १ बजेदेखि पूर्ण सञ्चालन हुने

प्रकाशित मिति

२०८३ आश्विन १४ गते, बुधबार ०९:२५

१४ असोज २०८३ काठमाडौं — अविरल वर्षाका कारण पहिरो तथा सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सवारी आवागमन सहज बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार सूचना जारी गर्दै पहिरो तथा सडक भासिएका स्थानमा अवरोध हटाउने काम भइरहेको र हाल एकतर्फी रूपमा सवारी आवागमन सञ्चालनमा रहेको जनाएको छ।

National Life

प्रशासनका अनुसार थप पहिरो तथा अन्य अवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि पृथ्वी राजमार्गमा सबै प्रकारका सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउनेछन्।

वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले जुनसुकै समयमा पहिरो खस्न सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रशासनले सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ। साथै, सवारी सञ्चालन गर्दा प्रचलित ट्राफिक नियम तथा सडक अनुशासन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।

हेर्नुहोस् सूचना :

प्रतिकृया