• १२ असोज २०८३, सोमबार
  • ६ः०९ बेलुका

साउनमा बीमा कम्पनीले गरे ६ अर्ब ७८ करोडको दाबी भुक्तानी

प्रकाशित मिति

२०८३ आश्विन १२ गते, सोमबार ०६:०९

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले ६ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार उक्त रकम ३९ हजार ९० वटा दाबीमा भुक्तानी गरिएको हो। गत आर्थिक वर्षको साउनमा ३८ हजार ५२९ वटा दाबीमा ६ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ भुक्तानी भएको थियो।

National Life

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले २८ हजार १२१ वटा दाबीमा ५ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरेका छन्। गत वर्षको साउनमा २८ हजार ५९ वटा दाबीमा ५ अर्ब ९ करोड ८३ लाख रुपैयाँ भुक्तानी गरिएको थियो।

यसपटक जीवन बीमातर्फ दाबी भुक्तानी संख्या ०.२२ प्रतिशतले बढ्दा भुक्तानी रकम ७.३६ प्रतिशतले वृद्धि भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, निर्जीवन बीमा कम्पनीहरूले साउनमा १० हजार ९६९ वटा दाबीमा १ अर्ब ३१ करोड ३ लाख रुपैयाँ भुक्तानी गरेका छन्। गत वर्षको सोही अवधिमा १० हजार ४७० वटा दाबीमा १ अर्ब ६५ करोड १५ लाख रुपैयाँ भुक्तानी भएको थियो।

निर्जीवन बीमातर्फ दाबी भुक्तानी संख्या ४.७७ प्रतिशतले बढे पनि भुक्तानी रकम भने २०.६६ प्रतिशतले घटेको छ।

भुक्तानी हुन बाँकी दाबी बढ्यो

साउन मसान्तसम्म जीवन बीमातर्फ १ लाख २५ हजार ६३० वटा दाबी फर्छ्योट हुन बाँकी छन्। ती दाबीमा १० अर्ब १४ करोड ७३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणको तथ्यांक छ।

गत वर्षको सोही अवधिमा जीवन बीमाका ५७ हजार ६०३ वटा दाबी फर्छ्योट हुन बाँकी थिए भने दाबी रकम ४ अर्ब ६० करोड ६ लाख रुपैयाँ थियो। एक वर्षमा बाँकी दाबी संख्या ११८.१० प्रतिशत र रकम १२०.५६ प्रतिशतले बढेको छ।

निर्जीवन बीमातर्फ पनि साउन मसान्तसम्म १ लाख १० हजार ६५० वटा दाबी फर्छ्योट हुन बाँकी छन्। ती दाबीमा ४१ अर्ब ७८ करोड ७० लाख रुपैयाँ बराबरको दायित्व बाँकी रहेको तथ्यांकले देखाएको छ।

गत वर्षको साउन मसान्तमा निर्जीवन बीमा कम्पनीसँग १ लाख ९०८ वटा दाबी फर्छ्योट हुन बाँकी थिए।

प्रतिकृया