• १२ असोज २०८३, सोमबार
  • ७ः४८ बेलुका

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टद्वारा न्यानो कपडा र शैक्षिक सामग्री वितरण

प्रकाशित मिति

२०८३ आश्विन १२ गते, सोमबार ०६:०१

१२ असोज २०८३ काठमाडौं — शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा, स्कुल ब्यागसहित विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ ।

National Life

विद्यार्थीको अध्ययन तथा दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले आयोजित कार्यक्रममा केन्द्रमा रहेका विद्यार्थीलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।रोल्पा नगरपालिका–१०, धाङ्सी निवासी दुवै हात चलाउन नसक्ने सन्देश बुढामगरले खुट्टाको सहारामा लेख्दै अध्ययन जारी राखेको समाचार सार्वजनिक भएपछि शिवम् सिमेन्ट्सले उनको शिक्षालाई निरन्तरता दिन पहल गरेको थियो ।

कम्पनीले काठमाडौंस्थित अपाङ्ग नवजीवन केन्द्र तथा खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरी सन्देशको माध्यमिक तहसम्मको अध्ययनका लागि आवश्यक सहयोगको व्यवस्था गर्दै आएको जनाएको छ । केन्द्रले आवास, हेरचाह तथा अध्ययन समन्वयको जिम्मेवारी लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा कम्पनीका प्रतिनिधिले शिक्षालाई प्रत्येक बालबालिकाको मौलिक अधिकारका रूपमा उल्लेख गर्दै विशेष आवश्यकता भएका बालबालिकाले पनि समान अवसरसहित गुणस्तरीय शिक्षा पाउनुपर्नेमा जोड दिए ।

केन्द्रका पदाधिकारीले शिवम् सिमेन्ट्सले सन्देशको शिक्षाका साथै अन्य विद्यार्थीलाई उपलब्ध गराएको सहयोगले उनीहरूको मनोबल बढाउनुका साथै अध्ययनमा सकारात्मक प्रभाव पार्ने बताए ।

सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा समुदाय विकासका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको कम्पनीले विशेष क्षमता भएका बालबालिकाको शिक्षा र समावेशी विकासमा आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिकृया