• ९ असोज २०८३, शुक्रबार
  • ६ः११ बेलुका

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ५१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

प्रकाशित मिति

२०८३ आश्विन ९ गते, शुक्रबार ०६:११

९ असोज २०८३ काठमाडौं — नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले १ लाख ५१ हजार ५३४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक शेयरधनी कम्पनी सोफिया इन्भेष्टमेण्ट प्रालिका शेयरधनी किरण मान शेरचनको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

National Life

शेयरसँग सम्बन्धित लाभ तथा दायित्वसमेत बिक्री गरिनेछ । बैंकले विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिँदै उक्त शेयर खरिद गर्न इच्छुकलाई आवेदन दिन आग्रह गरेको छ । साविक समूह ‘क’ का संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकलाई लिखित जानकारी गराउनुपर्नेछ ।

आवेदन दिँदा खरिद गर्न चाहेको शेयर संख्या र त्यसका लागि तिर्न तयार रहेको रकमसमेत खुलाउनुपर्ने बैंकले जनाएको छ । इच्छुक संस्थापक शेयरधनीले बैंकको केन्द्रीय कार्यालय, दरबारमार्ग, काठमाडौंमा लिखित जानकारी गराउन सक्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया