काठमाडौँमा इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो इन्द्रध्वजसहितको लिङ्गो
प्रकाशित मिति
२०८३ आश्विन ७ गते, बुधबार ०९:३१
७ असोज २०८३ काठमाडौं — काठमाडौँको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। जात्राको सुरुवातसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ। लिङ्गो ठड्याएपछि इन्द्रजात्राका विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम औपचारिक रूपमा अघि बढ्ने परम्परा छ। लिङ्गो ठड्याउने क्रममा परम्परागत बाजागाजासहित पूजा तथा धार्मिक विधि सम्पन्न गरिएको थियो।
इन्द्रजात्रा काठमाडौँ उपत्यकाको नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो। यस अवसरमा इन्द्र, भैरव, गणेश र कुमारीको पूजा तथा रथयात्रा गरिन्छ। हनुमानढोकाबाट कुमारी, गणेश र भैरवको रथ विभिन्न टोलमा परिक्रमा गराउने परम्परा छ।
जात्राका क्रममा लाखे नाच, पुलुकिसी नाचलगायत विभिन्न सांस्कृतिक प्रदर्शनसमेत गरिन्छ। इन्द्रजात्रा सुरु भएसँगै बसन्तपुर तथा हनुमानढोका क्षेत्रमा चहलपहल बढेको छ।










प्रतिकृया