• ६ असोज २०८३, मंगलबार
  • २ः१९ दिउँसो

कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी-जावलाखेलमा यात्रु प्रतीक्षालय बेन्च स्थापना

प्रकाशित मिति

२०८३ आश्विन ६ गते, मंगलवार ०२:०७

 काठमाडौं । कामना सेवा विकास बैंकले ललितपुरको कुमारीपाटी–जावलाखेल क्षेत्रमा यात्रु तथा सर्वसाधारणको सुविधाका लागि ५ वटा प्रतीक्षा–बेन्च स्थापना गरेको छ।

National Life

बैंकले कुमारीपाटी–जावलाखेल व्यापार संघसँगको सहकार्यमा सर्वसाधारण तथा यात्रुको दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले उक्त बेन्च स्थापना गरेको हो।बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी–जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बेन्च स्थापना गरिएको हो।

कार्यक्रममा व्यापार संघका अध्यक्ष शाक्यले सर्वसाधारणको उपयोगमा आउने प्रतीक्षा–बेन्च स्थापना गरेकोमा बैंकलाई धन्यवाद दिए। उनले यसबाट यात्रु तथा स्थानीय सर्वसाधारणलाई प्रत्यक्ष सुविधा पुग्ने बताए।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकका काठमाडौं प्रदेश प्रमुख शर्माले बैंकले सेवाग्राहीसँगै सर्वसाधारणको सुविधा र सहजतालाई समेत प्राथमिकतामा राख्दै विभिन्न सेवामूलक तथा सामाजिक गतिविधिमा सहभागिता जनाउँदै आएको बताए। स्थानीय समुदायको आवश्यकता र सुविधालाई ध्यानमा राखेर यस्ता गतिविधिलाई निरन्तरता दिइने उनले बताए। कार्यक्रममा बैंकका कर्मचारी तथा कुमारीपाटी–जावलाखेल व्यापार संघका प्रतिनिधिको सहभागिता थियो।

प्रतिकृया