• २५ भदौ २०८३, बिहीबार
  • ४ः०१ बेलुका

नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार

प्रकाशित मिति

२०८३ भाद्र २५ गते, बिहीबार ०३:४७

२५ भदौ २०८३ काठमाडौं — साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८५ अंकले घटेको छ। नेप्से परिसूचक २ हजार ५३१.५५ बिन्दुमा कायम भएको हो।

National Life

आज ३४१ कम्पनीको १ करोड ५ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यसदिन १३ वटै उपसूचक राताम्य भएका छन्। विकास बैंक समूहको शेयर मूल्य ०.४७ प्रतिशत र वाणिज्य बैंक समूहको ०.३४ प्रतिशतले घटेको छ। बिहीबार ६७ कम्पनीको शेयर मूल्य बढ्दा २०० कम्पनीको घटेको छ। त्यस्तै, ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया