• २१ भदौ २०८३, आइतबार
  • ११ः११ बिहान

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो

प्रकाशित मिति

२०८३ भाद्र २१ गते, आईतवार १०:३६

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३४० पुगेको नेपाल प्रहरीले जनाएको छ। भदौ २० गते साँझ ८ बजेसम्मको अद्यावधिक विवरणअनुसार मृतकमध्ये ५२३ पुरुष, ३२४ महिला र ४९३ आंशिक अंग फेला परेका छन्। तीमध्ये १ हजार ३० शव जमिनमुनि व्यवस्थापन गरिएको छ भने ९८ शव परिवारलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।

National Life

हालसम्म १ हजार २६९ मृतक र १ हजार ६७ मृतकका आफन्त गरी २ हजार ३३६ जनाको डीएनए नमुना संकलन गरिएको छ। बाढीका कारण घरबारविहीन भएका ३ हजार ९८ जनालाई होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिकृया