• १५ भदौ २०८३, मंगलबार
  • ३:३८ बेलुका

नेप्से ९.२४ अंकले बढ्यो, हाइड्रो र निर्जीवन बीमा समूहमा आकर्षण

प्रकाशित मिति

२०८३ भाद्र १६ गते, मंगलवार ०३:२२

१६ भदौ २०८३ काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ९.२४ अंकले बढेर २ हजार ५२२.६६ बिन्दुमा पुगेको छ। आज ३४१ कम्पनीको ७६ लाख २ हजार कित्ता शेयर किनबेच हुँदा कुल २ अर्ब ८९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

मंगलबार कारोबार भएका १२ वटा उपसूचकमा हरियाली देखिएको छ। विशेषगरी बाढी आएयता निरन्तर ओरालो लागेको हाइड्रोपावर तथा निर्जीवन बीमा समूहका कम्पनीको शेयर मूल्यमा उल्लेख्य सुधार देखिएको छ।

Kamana Sewa

आज १८१ कम्पनीको शेयर मूल्य बढ्दा ८४ कम्पनीको घटेको छ भने १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

Classic Tech Mobile

प्रतिकृया