• १५ भदौ २०८३, मंगलबार
  • ७:३० बिहान

बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२ जनाको शव भेटियो

प्रकाशित मिति

२०८३ भाद्र १६ गते, मंगलवार ०७:२१

१६ भदौ २०८३ काठमाडौं — नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२ जनाको शव भेटिएको छ। सुरक्षाकर्मीको खोज तथा उद्धार टोलीले सोमबार उक्त घरबाट हिजो ६ वटा शव निकालियो, आज थप १६ वटा शव निकालिँदै छ।

गत बुधबार बिहान रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले बेत्रावती बजार तहसनहस बनाएको थियो। बाढी आएको छैटौँ दिनपछि सोमबार खोजी तथा उद्धारका क्रममा लेदोले पुरिएको घरभित्र एकै ठाउँमा २२ जनाको शव फेला परेको हो।

Kamana Sewa

बाढीका बेला ती व्यक्तिहरू सुरक्षित स्थानको खोजीमा उक्त घरमा भेला भएको हुन सक्ने अनुमान गरिएको छ। भेटिएका शवहरू पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीले बेत्रावतीमा पुरिएको एक घरभित्र ठूलो संख्यामा शव भेटिएको पुष्टि गरेका छन्। उनका अनुसार सोमबार केही शव निकालिएको र बाँकी शव निकाल्ने तथा संकलन गर्ने काम मंगलबार जारी रहनेछ।

Classic Tech Mobile

यसअघि बेत्रावतीस्थित पत्रकार लक्ष्मण डंगोलले उक्त घरमा तत्काल खोजी तथा उद्धार गर्न माग गरेका थिए। प्रमुख जिल्ला अधिकारीदेखि प्रधानमन्त्रीसम्मलाई उद्धारका लागि आग्रह गरिए पनि समयमै सुनुवाइ नभएको उनले बताएका छन्।

प्रतिकृया