• १४ भदौ २०८३, सोमबार
  • ५:३४ बेलुका

नेप्से ४३.८९ अंकले घट्यो, कारोबार साढे ३ अर्ब रुपैयाँमाथि

प्रकाशित मिति

२०८३ भाद्र १५ गते, सोमबार ०४:२२

१५ भदौ २०८३ काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ४३.८९ अंकले घटेर २ हजार ५१३.४२ बिन्दुमा कायम भएको हो ।

आज ३४७ कम्पनीका ९३ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

Kamana Sewa

कारोबार भएका उपसूचकहरूमध्ये १२ वटा उपसूचक घटेका छन् । यस दिन हाइड्रोपावर समूह २.९४ प्रतिशत, निर्जीवन बीमा समूह ५.०३ प्रतिशत तथा होटल तथा पर्यटन समूह २.४४ प्रतिशतले घटेको छ ।

Classic Tech Desktop

सोमबार २१ कम्पनीको शेयर मूल्य बढ्दा २५३ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

प्रतिकृया