बाढी प्रभावितका लागि सूर्यविनायक नगरपालिकाले ५५ लाख ५५ हजार सहयोग गर्ने
प्रकाशित मिति
२०८३ भाद्र १४ गते, आईतवार १२:३२
भक्तपुर – सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५५ लाख ५५ हजार ५५५ जम्मा गर्ने निर्णय गरेको छ । नगर प्रमुख वासुदेव थापाको अध्यक्षतामा बसेको नगरपालिकाको २१५ औँ कार्यपालिका बैठकले स्थानीय विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख थापाले भोटेकोशी बाढीबाट रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकाले विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्स्थापनामा सहयोग पुर्याउन नगरपालिकाले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको बताए । उनले राष्ट्रिय विपद्को यस घडीमा मानवीय दायित्व बहन गर्दै आफ्नो क्षेत्रबाट सहयोग गर्न नागरिक समाज, निजी क्षेत्र तथा संघसंस्थालाई आग्रह गरे ।







प्रतिकृया