रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, ८ हजारभन्दा बढीको उद्धार
प्रकाशित मिति
२०८३ भाद्र १४ गते, आईतवार ११:०१
१४ भदौ २०८३ काठमाडौं – रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये हालसम्म ७३४ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजे सार्वजनिक गरेको बुलेटिनअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट उक्त संख्यामा शव फेला परेको हो।
प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, पूर्वी नवलपरासीमा १८४, पश्चिम नवलपरासीमा ८२, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको छ। यसैगरी, बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवासहित त्रिशूली तथा नारायणी नदी तटीय क्षेत्रका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा अझै खोज, उद्धार तथा राहत वितरणको कार्य जारी रहेको छ।





प्रतिकृया