रसुवा बाढीमा ४८९ जनाको शव भेटियो
प्रकाशित मिति
२०८३ भाद्र १२ गते, शुक्रबार ०२:०४
काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये ४८९ जनाको शव फेला परेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार शुक्रबार मध्याह्न १२ बजेसम्म विभिन्न आठ जिल्लामा ती शव भेटिएका हुन्।
जिल्लागत रूपमा चितवनमा सबैभन्दा धेरै १८६ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा ११२, गोरखामा ४४, धादिङमा ४०, नुवाकोटमा ३७, नवलपरासी पश्चिममा २८, तनहुँमा २८ र रसुवामा १३ जनाको शव भेटिएको छ।

भेटिएका शव सम्बन्धित जिल्लामै व्यवस्थापन गरिएको छ। चितवनमा शुक्रबारदेखि शव पहिचानको प्रक्रिया पनि सुरु गरिने प्रवक्ता पोखरेलले जानकारी दिएका छन्। बाढीमा अझै केही व्यक्ति बेपत्ता रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ।

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय जिल्लासम्म पुगेपछि ठूलो मानवीय तथा भौतिक क्षति भएको हो। पछिल्लो विवरणअनुसार मृतकको संख्या निरन्तर बढिरहेको छ।




प्रतिकृया