• ११ भदौ २०८३, शुक्रबार
  • १०:४२ बेलुका

नेपाल टेलिकमको ‘आउटबाउन्ड आईभीआर’ सेवा सुरु, हजारौँलाई एकैपटक भ्वाइस म्यासेज पठाउन सकिने

प्रकाशित मिति

२०८३ भाद्र १२ गते, शुक्रबार ०१:५२

काठमाडौं। नेपाल टेलिकमले एकैपटक हजारौँ प्रयोगकर्तालाई बढीमा एक मिनेटसम्मको प्रि-रेकर्डेड व्यावसायिक तथा सूचनामूलक भ्वाइस म्यासेज पठाउन सकिने ‘आउटबाउन्ड आइभीआर’ (Outbound IVR) सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ। संस्थागत र व्यक्तिगत दुवै ग्राहकका लागि उपयोगी मानिएको यो सेवा सामूहिक सूचना प्रवाहका लागि लक्षित गरिएको हो।

परीक्षाको नतिजा, विभिन्न सूचना तथा प्रवर्द्धनात्मक सामग्रीहरू धेरै व्यक्तिमा एकसाथ पुर्‍याउन कार्यालय वा व्यवसायीले कल गर्नुपर्ने नम्बरहरूको सूची र भ्वाइस फाइल नेपाल टेलिकमलाई उपलब्ध गराएपछि निश्चित प्रक्रिया पूरा गरी यो सेवा लिन सकिनेछ।

Kamana Sewa

प्रतिकृया