• ११ भदौ २०८३, शुक्रबार
  • १२:११ बेलुका

तिब्बततर्फ थुनिएको ताल फुटेको सूचना, नेपाल प्रहरीले गरायो सतर्क

प्रकाशित मिति

२०८३ भाद्र १२ गते, शुक्रबार १२:०७

१२ भदौ २०८३ काठमाडौं – तिब्बती क्षेत्रमा पहिरोका कारण बनेको थुनिएको ताल फुटेको सूचना आएपछि नेपाल प्रहरीले नदी तटीय क्षेत्रका नागरिक तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई तत्काल सतर्क रहन आग्रह गरेको छ। प्रहरीले शुक्रबार सूचना जारी गर्दै तिब्बततर्फ पुनः ताल फुटेको जानकारी प्राप्त भएको भन्दै सम्भावित बाढीको जोखिमबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि चिनियाँ पक्षबाट थुनिएको ताल फुटेको जानकारी प्राप्त भएको पुष्टि गरेका छन्। उनका अनुसार नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रहन यसअघि नै सर्कुलर गरिएको छ। उनले भने, ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ ।’

Kamana Sewa

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास बनेको ठूलो ताल फुटेको जानकारी आएको हो। छोचेन खोला र पुरेपू त्साङ्पो नदी त्रिशूली नदी प्रणालीका माथिल्ला सहायक नदीसँग सम्बन्धित छन्। ताल फुटेसँगै त्यसबाट निस्किएको पानीले तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढाउन सक्ने भएकाले रसुवासहित नदी किनारका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

Classic Tech Desktop

प्रहरीले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीलाई समेत सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षित रहन र आवश्यक सतर्कता अपनाउन भनेको छ।

प्रतिकृया