• १० भदौ २०८३, बिहीबार
  • १०:१० बेलुका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुग्यो, ४६६ घाइतेको उद्धार

प्रकाशित मिति

२०८३ भाद्र ११ गते, बिहीबार १०:०९

११ भदौ २०८३ काठमाडौं – रसुवा बाढीमा मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म विभिन्न जिल्लाबाट ३८९ जनाको शव फेला परेको जनाएको छ।

प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, पूर्वी नवलपरासीमा ८७ र पश्चिम नवलपरासीमा २७ जनाको शव फेला परेको छ।

Kamana Sewa

यस्तै, बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४६६ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार तथा खोजी कार्य अझै जारी रहेको छ।

Classic Tech Desktop

प्रतिकृया