• १० भदौ २०८३, बिहीबार
  • ९:३७ बिहान

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्यो

प्रकाशित मिति

२०८३ भाद्र ११ गते, बिहीबार ०९:३७

११ भदौ २०८३ काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेकामध्ये १६५ जनाको शव फेला परेको छ। बिहीबार बिहान सवा ८ बजेसम्म सरकारी तथ्यांकअनुसार १६५ जनाको शव फेला परेको हो।

सरकारी विवरणअनुसार चितवनमा ६५, धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोरखामा २०, पूर्वी नवलपरासीमा २६, तनहुँमा ९ र पश्चिम नवलपरासीमा ५ जनाको शव फेला परेको छ।

Kamana Sewa

बाढी प्रभावित क्षेत्रमा बिहीबार बिहानैदेखि खोजी तथा उद्धार कार्य पुनः सुरु गरिएको छ। बेपत्ताको खोजी तथा प्रभावितको उद्धारलाई प्राथमिकतामा राखेर सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरिएको छ।

Classic Tech Desktop

यसैबीच, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सर्वदलीय बैठकसमेत सुरु भएको छ। बैठकमा बाढीबाट प्रभावितहरूको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका विषयमा छलफल भइरहेको छ।

प्रतिकृया