• ४ भदौ २०८३, शुक्रबार
  • ११:५७ बिहान

एनएमबि बैंकले ल्यायो रियल टाइम ट्र्याकिङ प्रणाली, अनलाइनबाट कर्जा आवेदन दिन र स्थिति हेर्न सकिने

प्रकाशित मिति

२०८३ भाद्र ५ गते, शुक्रबार ०९:५९

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो डिजिटल रुपान्तरणको यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। यस नवीन व्यवस्थासँगै ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्।

नयाँ डिजिटल पोर्टल मार्फत ग्राहकहरूले जुनसुकै स्थान वा डिभाइसबाट सजिलै कर्जाको लागि आवेदन दिन र आफ्नो आवेदन कुन चरणमा पुगेको छ भनी रियल–टाइममा ट्र्याक गर्न सक्नेछन्। यसले कर्जा स्वीकृत हुने समय घटाउनुका साथै सम्पूर्ण प्रक्रियालाई पारदर्शी, सरल र वातावरणमैत्री बनाउने बैंकको विश्वास छ।

Kamana Sewa

अनलाइन कर्जा आवेदन दिन बैंकको बेवसाइटमार्फत लोन सर्भिस विकल्पमा गई एक्सप्लोर प्रडक्ट्समा क्लिक गरी आफूलाई चाहिएको कर्जा शीर्षक छनौट गरी आवश्यक विवरण भरेर फाराम बुझाउनु पर्नेछ। लगत्तै अनलाइन लोन ट्र्याकिङ आईडी प्राप्त हुने र उक्त आईडी प्रयोग गरी आफ्नो कर्जा आवेदनको स्थिति सजिलै हेर्न सकिने बैंकले जनाएको छ।

Classic Tech Desktop

बैंकका अनुसार नेपालमा आधुनिक तथा कागजरहित बैंकिङ सेवा प्रवद्र्धन गर्ने लक्ष्यका साथ यो सेवा शुरु गरिएको हो। सम्पूर्ण कर्जा प्रक्रियालाई डिजिटलाइज गरी ग्राहकको समय बचत गर्न र दिगो तथा प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्न एनएमबि बैंक प्रतिबद्ध रहेको छ। एनएमबि बैंकले हाल देशभरी १९७ शाखा, १७६ एटिएम र ९ एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा प्रदान गदै आइरहेको छ।

प्रतिकृया