• २ भदौ २०८३, बुधबार
  • ६:१६ बेलुका

रास्वपा सांसद र मन्त्रीसँग रविको छलफल, असमझदारीबारे समीक्षा

प्रकाशित मिति

२०८३ भाद्र ३ गते, बुधबार ०१:१५

३ भदौ २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदहरूसँग छलफल सुरु गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सरकारका मन्त्री र पार्टीका सांसदबीच असमझदारी देखिन थालेपछि लामिछानेले मंगलबार संसदीय दलको कार्यालयमा उनीहरूसँग छलफल गरेका हुन् ।

Kamana Sewa

जारी बैठकमा पछिल्लो समय सरकार र पार्टीका सांसदबीच बढिरहेको असमझदारी तथा पार्टीभित्र देखिएका गतिविधिबारे समीक्षा भइरहेको एक सांसदले जानकारी दिए ।

Classic Tech Desktop

सांसदहरूले संसद्मा बोल्दा प्रयोग गर्ने भाषा तथा सार्वजनिक गतिविधि मर्यादित हुनुपर्नेमा त्यसतर्फ पर्याप्त ध्यान नदिने प्रवृत्ति बढेपछि रास्वपाभित्र असमझदारी बढेको बताइएको छ ।

यसअघि मंगलबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेपछि रास्वपा सांसद आशिका तामाङले पुनः प्रश्न गर्न खोजेकी थिइन् । तर सभामुख डीपी अर्यालले उनलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएका थिए ।

सभामुखले बोल्न समय नदिएपछि सांसद तामाङ संसद् बैठकबाट बाहिरिएकी थिइन् ।

यही घटनालगायत पछिल्ला गतिविधिबारे पार्टी सभापति लामिछानेले मन्त्री र सांसदहरूसँग छलफल गरी आवश्यक समीक्षा गर्न थालेका हुन् ।

प्रतिकृया