• २१ असोज २०८३, बुधबार
  • ३ः१३ दिउँसो

सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भयो : हर्कराज राई

प्रकाशित मिति

२०८३ भाद्र २ गते, मंगलवार ०१:४१

२ भदौ २०८३ काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राईले सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको भन्दै आलोचना गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले सरकारका विभिन्न मन्त्रालयको कार्यसम्पादन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएका हुन्।

National Life

प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्मले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको उनको टिप्पणी छ। सीमा रक्षा, शान्ति सुरक्षा, मल तथा खाद्यान्न आपूर्ति, रोजगारी सिर्जना र महँगी नियन्त्रणजस्ता आधारभूत विषयमा सरकार असफल भएको राईको दाबी छ।

प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर जनताका प्रश्नको दफावार जवाफ दिनुपर्ने मागसमेत उनले गरे। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानाकर्षण गराउँदै राईले सुनसरीको रामधुनी–७ स्थित ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेको विषयमा बस्तीवासीलाई न्याय दिन माग गरे।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको अर्बौँ रुपैयाँ जोखिममा परेको उल्लेख गर्दै उक्त रकम फिर्ता गराउन सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए।

‘सहकारी पीडितले पैसा फिर्ता पाएका छैनन्, न्यायालयमा न्याय छैन र अस्पतालमा उपचार पाउने अवस्था छैन,’ राईले भने, ‘सरकार संसद्प्रति र संसद् जनताप्रति पूर्ण रूपमा जबाफदेही हुनुपर्छ, अन्यथा हाम्रो बहसको कुनै अर्थ रहँदैन।’ विकास निर्माणका विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराउँदै सुनसरी–१ सहित देशभरका विकास आयोजनाको ठेक्का प्रक्रिया तत्काल अगाडि बढाउन माग गरे।

प्रतिकृया