• १ भदौ २०८३, मंगलबार
  • ५:३५ बेलुका

दश वर्षपछि धनुषाका ५७ परिवारले पाए जग्गाधनी पुर्जा

प्रकाशित मिति

२०८३ भाद्र २ गते, मंगलवार ०१:३१

२ भदौ २०८३ काठमाडौं – नापी कार्यालय धनुषाले नापजाँच भएको करिब एक दशकपछि धनुषाको सबैला नगरपालिका–११ का ५७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। साविक मखनाहा गाउँ विकास समिति वडा नं. ६, ७, ८ र ९ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/७३ मा सम्पन्न भएको थियो।

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समयदेखि रोकिएको थियो।विगतमा आयोगबाट नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ५७ थान जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालय धनुषाले जनाएको छ।

Kamana Sewa

करिब १० वर्षपछि पुर्जा पाएसँगै स्थानीय ५७ परिवारलाई आफ्नो जग्गाको स्वामित्व औपचारिक रूपमा कायम गर्न सहज भएको छ।

Classic Tech Desktop

प्रतिकृया