• ३१ साउन २०८३, आइतबार
  • २:१२ बेलुका

सुनको मूल्य ३ हजार ६ सयले बढ्यो, चाँदी पनि महँगियो

प्रकाशित मिति

२०८३ श्रावण ३१ गते, आईतवार ११:२०

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुन प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ६ सय ६० रुपैयाँ कायम भएको छ।

Kamana Sewa

यता, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ७ सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया