सुदूरपश्चिमको नेतृत्व पाउँदा खगराज भट्टले भने: खुसीभन्दा जिम्मेवारी र चुनौतीको भारी बढी
प्रकाशित मिति
२०८३ श्रावण २९ गते, शुक्रबार १२:२२
२९ साउन २०८३ धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त खगराज भट्टले प्रदेशका २७ लाख जनताको नेतृत्व गर्ने अवसरलाई आफूले ठूलो जिम्मेवारी र चुनौतीका रूपमा लिएको बताएका छन्। नेपाली कम्युनिस्ट पार्टीका नेता भट्ट नेकपा एमालेको समर्थनमा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका हुन्।
मुख्यमन्त्री नियुक्त भएपछि प्रतिक्रिया दिँदै उनले आफूलाई खुसीभन्दा बढी जिम्मेवारीबोध र चुनौतीको भारीले थिचिएको महसुस भएको बताए। ‘खुसीभन्दा बढी जिम्मेवारीबोध र अलि बढी चुनौतीको भारीले थिचिएको महसुस भएको छ,’ भट्टले भने, ‘सिङ्गो सदनको विश्वास लिएर २७ लाख जनताको भावनालाई केन्द्रमा राखेर काम गर्नेछु।’

उनले आफ्नो कार्यकालमा धेरै चमत्कार गर्नेभन्दा भएका कामलाई प्रभावकारी र राम्रो बनाउनेतर्फ ध्यान दिने बताए। ‘जे गर्नेछु, राम्रो गर्नेछु र राम्रो गरेको अनुभूति दिलाउनेछु,’ उनले भने। भट्टले आजै अपराह्न पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। शपथपछि उनले नयाँ मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्।





प्रतिकृया