• २९ साउन २०८३, शुक्रबार
  • १:२६ बेलुका

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट, आजै शपथ

प्रकाशित मिति

२०८३ श्रावण २९ गते, शुक्रबार ११:१०

२९ साउन २०८३ धनगढी- सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्टले आज दाबी पेस गर्ने भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न बिहीबार साँझ आह्वान गरेका थिए।

दाबी पेस गर्ने समय आज बिहान ११ बजेसम्म तोकिएको थियो। सत्ता साझेदार नेकपा एमालेको समर्थनमा भट्टले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्। दाबी पेस गरेपछि आजै मुख्यमन्त्री नियुक्त हुने र दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको भट्टले जानकारी दिएका छन्।

Kamana Sewa

भट्टका अनुसार एमालेसँगको परामर्शमा आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीसमेत गरिएको छ। साउन ९ गते एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाको भागमा परेको थियो। प्रदेशसभामा नेपाली कम्युनिस्ट पार्टी २२ सिटसहित सबैभन्दा ठूलो दल रहेको छ भने एमालेसँग ११ सिट छ।

Classic Tech Desktop

एमालेको समर्थनमा भट्टले सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने तयारी गरेका हुन्।

प्रतिकृया