• २९ साउन २०८३, शुक्रबार
  • ११:२९ बिहान

प्राइम बैंकको नाफा २८ प्रतिशतले बढ्यो, ४ अर्ब ११ करोड रुपैयाँ पुग्यो

प्रकाशित मिति

२०८३ श्रावण २९ गते, शुक्रबार ०९:१३

२९ साउन २०८३ काठमाडौं – प्राइम बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४८ प्रतिशतले बढी हो। अघिल्लो आवमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशतले बढेर ९ अर्ब २१ करोड २६ लाख रुपैयाँ पुगेको छ। यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५.८१ प्रतिशतले वृद्धि भएर ११ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।

Kamana Sewa

बैंकको सञ्चालन मुनाफा पनि २६.९५ प्रतिशतले बढेर ६ अर्ब ८३ करोड ३० लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको वितरणयोग्य नाफा १०.०४ प्रतिशतले बढेर १ अर्ब ९० करोड ७४ लाख रुपैयाँ पुगेको छ। बैंकको लाभांश क्षमता ९.१० प्रतिशत रहेको छ।

Classic Tech Desktop

बैंकको प्रतिसेयर आम्दानी १९.६३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७५.८० रुपैयाँ रहेको छ। यद्यपि, बैंकको खराब कर्जा अनुपात भने बढेको छ। अघिल्लो आवमा ५.८१ प्रतिशत रहेको खराब कर्जा बढेर गत आवको असार मसान्तसम्म ६.६९ प्रतिशत पुगेको छ।

२० अर्ब ९५ करोड ४७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ९७ करोड ६१ लाख ९८ हजार रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंकले २ खर्ब ७७ अर्ब ७४ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको कर्जा लगानी २ खर्ब २६ अर्ब ४४ करोड ११ लाख रुपैयाँ पुगेको छ। यसरी नाफा, सञ्चालन मुनाफा तथा वितरणयोग्य नाफामा सुधार देखिए पनि खराब कर्जा बढ्नु भने बैंकका लागि चुनौतीका रूपमा देखिएको छ।

प्रतिकृया