किशोर श्रेष्ठको रिहाइ माग गर्दै पत्रकार महासंघको धर्ना
प्रकाशित मिति
२०८३ श्रावण २८ गते, बिहीबार ११:५७
२८ साउन २०८३ काठमाडौं – पत्रकार किशोर श्रेष्ठको विनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ। महासंघ अध्यक्ष निर्मला शर्माको नेतृत्वमा भएको धर्नाका क्रममा प्रहरी र पत्रकारबीच केहीबेर घम्साघम्सीसमेत भएको थियो। पत्रकारहरूले ‘प्रहरी दमन मुर्दावाद’, ‘राज्य आतंक बन्द गर’ लगायतका नारा लगाउँदै प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप बन्द गर्न माग गरे।
श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरको आरोपमा पक्राउ गरेको हो। उनको पक्राउपछि प्रहरीले आज बिहान जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको थियो। महासंघले श्रेष्ठलाई विनाशर्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

Related
Recent News
- कुमारी बैंकद्वारा शहीद गंगालाल हृदय केन्द्रलाई १० लाख आर्थिक सहयोग
- सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन
- एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
- पाँच महिनापछि स्वदेश फर्किए शेरबहादुर देउवा
- किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न नेपाल मिडिया सोसाइटीको माग
- किशोर श्रेष्ठको रिहाइ माग गर्दै पत्रकार महासंघको धर्ना
- सुनको मूल्य घट्यो, चाँदी भने बढ्यो
- १४ महिनादेखि तलब रोकियो, अस्तित्व संकटमा हेटौँडा सिमेन्ट
- प्यूठानमा खोला किनारमा चार जनाको शव फेला
- जनआस्था सम्पादक श्रेष्ठको पक्राउप्रति प्रचण्डको आपत्ति
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल




प्रतिकृया