• २८ साउन २०८३, बिहीबार
  • १:३४ बेलुका

सुनको मूल्य घट्यो, चाँदी भने बढ्यो

प्रकाशित मिति

२०८३ श्रावण २८ गते, बिहीबार ११:१२

२८ साउन २०८३ काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर ३ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यता, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

Kamana Sewa

प्रतिकृया