• १५ असोज २०८३, बिहीबार
  • २ः३९ राती

जनआस्था सम्पादक श्रेष्ठको पक्राउप्रति प्रचण्डको आपत्ति

प्रकाशित मिति

२०८३ श्रावण २८ गते, बिहीबार १०:२४

२८ साउन २०८३ काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन्। उनले श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका छन्।

National Life

प्रचण्डले समाचार प्रकाशनसँग जोडिएको विषयमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यबाट श्रेष्ठमाथि धरपकड गरिनु लोकतन्त्रकै उपहास भएको बताएका छन्। ‘नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो,’ प्रचण्डले भनेका छन्।

उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै कानुनी प्रक्रिया पालना गर्नुपर्नेमा जोड दिएका छन्। समाचार प्रकाशनसँग सम्बन्धित विषयमा राज्य पक्षबाट सम्पादक श्रेष्ठ पक्राउ तथा धरपकडमा परेको घटनाप्रति उनले आपत्ति जनाएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया