• १५ असोज २०८३, बिहीबार
  • ३ः१२ राती

पाँच महिनापछि आज स्वदेश फर्किँदै शेरबहादुर देउवा

प्रकाशित मिति

२०८३ श्रावण २८ गते, बिहीबार ०९:१०

२८ साउन २०८३ काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्। स्वास्थ्य उपचारका लागि विदेशमा रहेका देउवा पाँच महिनापछि बैंकक हुँदै काठमाडौं फर्किन लागेका हुन्।

National Life

देउवा आज दिउँसो १२ः२५ बजे थाई एयरलाइन्सको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। प्रहरीका अनुसार विमानस्थलको सिनामंगलस्थित मूल प्रवेशद्वार गोल्डेनगेटदेखि देउवाको महाराजगञ्जस्थित चुनदेवी निवाससम्म सुरक्षा व्यवस्थासहित एस्कर्टको व्यवस्था मिलाइएको छ।

देउवालाई स्वागत गर्न चाहने कांग्रेस कार्यकर्तालाई गोल्डेनगेटसम्म भेला हुने अनुमति दिइने प्रहरीले जनाएको छ। उनको स्वागतका लागि विमानस्थलदेखि निवाससम्म आवश्यक तयारीसमेत गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीबाट शारीरिक दुर्व्यवहारमा परेपछि देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए। त्यसपछि उनी बैंकक हुँदै आज काठमाडौं फर्किन लागेका हुन्।

प्रतिकृया