• २६ साउन २०८३, मंगलबार
  • २:३४ बेलुका

दूध खोला जलविद्युत् आयोजनामा एनएमबि बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापन

प्रकाशित मिति

२०८३ श्रावण २६ गते, मंगलवार १२:१३

२६ साउन २०८३ काठमाडौं : एनएमबि बैंक लिमिटेडको सहवित्तीयकरण नेतृत्वमा ६५ मेगावाट क्षमताको दूध खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। मनाङ जिल्लामा अवस्थित यो आयोजना दूध खोला हाइड्रो पावर कम्पनी प्रालिले निर्माण गरिरहेको छ। आयोजनामा माउन्टेन एनर्जी नेपाल लिमिटेड र सीताराम तिमिल्सिना समूहको मुख्य लगानी छ।

सहवित्तीयकरण लगानी सम्झौताअनुसार एनएमबि बैंक अगुवा बैंकका रूपमा छ भने सानिमा बैंक लिमिटेड सह-अगुवा बैंकका रूपमा रहेको छ। कुल १२ अर्ब ९० करोड रुपैयाँ अनुमानित लागत रहेको यस आयोजनामा ९ अर्ब ६७ करोड रुपैयाँ बैंक ऋणमार्फत लगानी गरिनेछ। यस आयोजनासँगै एनएमबि बैंकको लगानी पोर्टफोलियो नेपालभरका ५० भन्दा बढी जलविद्युत् आयोजनामा विस्तार भएको छ। ऋण सुविधा सम्झौतामा एनएमबि बैंकका तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल र दूध खोला हाइड्रो पावर कम्पनी प्रालिका तर्फबाट अध्यक्ष अरुण कुमार केसीले हस्ताक्षर गरेका छन्।

Kamana Sewa

नेपाल राष्ट्र बैंकले जारी गरेको वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन मार्गदर्शन, २०२२ बमोजिम एनएमबि बैंकले आफ्ना वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरी जोखिमको मूल्याङ्कन गर्ने जनाएको छ। अन्तर्राष्ट्रिय अभ्यासहरू अपनाउँदै आयोजनाको वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) पक्षहरूको मूल्याङ्कन हाइड्रोपावर सस्टेनेबिलिटी एलाइन्सले विकास गरेको ‘हाइड्रोसेलेक्ट टुल’ प्रयोग गरी गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया