• २५ साउन २०८३, सोमबार
  • १०:५४ बेलुका

कांग्रेसले प्रदेशसभा प्रतिपक्षविहीन बनाउन नदिएको गगन थापाको दाबी

प्रकाशित मिति

२०८३ श्रावण २४ गते, आईतवार ०६:४३

२४ साउन २०८३ काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठन र सत्ता गठबन्धनका विषयमा पार्टीले लिएको अडानबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा ब्रिफिङ गर्दै सभापति थापाले प्रदेश सभालाई प्रतिपक्षविहीन बनाउने प्रयास कांग्रेसले रोकेको दाबी गरेका हुन्।

थापाले प्रदेशमा सबै दल मिलेर सरकार बनाउने र प्रदेश सभालाई प्रतिपक्षविहीन बनाउने विषयमा कांग्रेसको नेपाली कम्युनिस्ट पार्टी र नेकपा (एमाले)सँग कुरा नमिलेको स्पष्ट पारे। ‘हामीले स्पष्टसँग भन्यौँ– नेपाली कांग्रेस प्रमुख प्रतिपक्षविहीन प्रदेशसभा बनाउन चाहँदैन,’ थापाले भने, ‘लोकतन्त्रमा बलियो प्रतिपक्ष अनिवार्य हुन्छ। त्यसैले सबै शक्ति सरकारमा ओइरिने कुरामा हामी सहमत हुन सकेनौँ।’

Kamana Sewa

कांग्रेसले सत्ताको भागबन्डाभन्दा संसदीय प्रणालीको मर्यादा र प्रतिपक्षको भूमिकालाई प्राथमिकता दिएको थापाको भनाइ थियो। प्रदेश सभाको अंकगणित र गठबन्धनबारे छलफलका क्रममा प्रतिपक्षको भूमिका कमजोर बनाउन नहुने अडान कांग्रेसले राखेको उनले बताए। ‘प्रदेश सभाको अंकगणित र गठबन्धनबारे छलफल हुँदा हामीले प्रतिपक्षको भूमिकालाई कमजोर बनाउनु हुँदैन भन्ने अडान राख्यौँ,’ थापाले भने, ‘हाम्रो यो अडानपछि नै अन्य दलहरूबिच फरक खालको सहमति बनेको हो।’

Classic Tech Desktop

थापाले कांग्रेसको सैद्धान्तिक अडानपछि अन्य दलहरूबीच नयाँ ढङ्गले सहमति बनेको बैठकलाई जानकारी गराएका छन्।सानेपामा जारी बैठकमा थापाले प्रदेशका पछिल्ला राजनीतिक घटनाक्रम, शक्ति सन्तुलन र कांग्रेसको भूमिकाबारे केन्द्रीय सदस्यहरूलाई विस्तृत जानकारी गराइरहेका छन्। बैठकमा पार्टीको आगामी राजनीतिक रणनीति तथा प्रदेश सरकारहरूमा कांग्रेसको उपस्थितिका विषयमा समेत छलफल भइरहेको छ।

प्रतिकृया