नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनाका लागि कर्जा लगानी गर्ने
प्रकाशित मिति
२०८३ श्रावण २१ गते, बिहीबार ०५:१७
काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच लोवर ठुलोखोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनका लागि कर्जा सम्झौता भएको छ । चितवन इनर्जी लिमिटेडले प्रवद्र्धन गर्न लागेको ४.७५ मेगावाट क्षमताको (प्रस्तावित ६.५१ मेगावाट) उक्त जलविद्युत आयोजनाका लागि नेपाल बैंकले आवश्यक कर्जा तथा वित्तीय सुविधा उपलब्ध गराउने भएको हो।
परियोजनाको कुल लागतमा कर्जा र स्वपूँजीको अनुपात ७०:३० कायम रहने गरी वित्तीय व्यवस्थापन गर्ने सम्झौता भएको छ ।सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलक राज पाण्डेय र चितवन इनर्जी लिमिटेडका सञ्चालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेको बैंकको प्रमुख सूचना अधिकारी प्रतिभा डंगोलले जानकारी दिइन् । सम्झौता कार्यक्रममा चितवन इनर्जीका सञ्चालक निउरेले नेपाल बैंकसँगको सहकार्यप्रति आभार व्यक्त गर्दै आयोजना निर्धारित समयभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

लोवर ठुलोखोला जलविद्युत आयोजना सञ्चालनमा आएपछि नेपालको ऊर्जा उत्पादन क्षमता विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको आयोजनाले जनाएको छ ।





प्रतिकृया