कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
प्रकाशित मिति
२०८३ श्रावण २१ गते, बिहीबार ०५:१३
२१ साउन २०८३ काठमाडौं – नेपाली कांग्रेसभित्रको इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना हुने ‘राष्ट्रिय भेला’लाई व्यवस्थित र सफल बनाउन ३२ वटा उपसमिति गठन गर्दै तिनका संयोजक चयन गरेको छ।
समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको थियो। सोही समितिअन्तर्गत विभिन्न जिम्मेवारी बाँडफाँड गर्दै ३२ उपसमिति बनाइएको प्रचारप्रसार समितिका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए।

सार्वजनिक गरिएको सूचीअनुसार नीतिगत प्रस्ताव, संगठन, प्रचारप्रसार, आर्थिक व्यवस्थापनदेखि कार्यक्रम व्यवस्थापनसम्मका जिम्मेवारी प्रभावशाली नेताहरूलाई दिइएको छ।

प्रमुख उपसमितिका संयोजकहरू यसप्रकार छन्:
१ राजनीतिक प्रस्ताव तयारी समिति : विमलेन्द्र निधि (पूर्वउपसभापति)
२ साङ्गठनिक प्रस्ताव तयारी समिति : उमाकान्त चौधरी (पूर्वसहमहामन्त्री)
३ समसामयिक प्रस्ताव तयारी समिति : एनपी साउद
४ विधान समिति : रमेश लेखक
५ नेपाली कांग्रेसको आर्थिक नीति समिति : डा. प्रकाशशरण महत
६ प्रचार प्रसार समिति : मीन विश्वकर्मा
७ आर्थिक व्यवस्थापन समिति : दीपक खड्का
८ प्रशासन समन्वय समिति : मोहनबहादुर बस्नेत
९. भोजन व्यवस्था समिति : पूर्णबहादुर तामाङ ‘कान्छाराम’
१०. स्वयंसेवक परिचालन समिति : जितजंग बस्नेत
११. सांस्कृतिक समिति : विद्या तिमिल्सीना
१२. मञ्च तथा हल व्यवस्थापन समिति : राजु श्रेष्ठ
१३. स्वास्थ्य समिति : उमेशजंग रायमाझी
१४. विदेशस्थित नेपाली जनसम्पर्क समन्वय समिति : किरण पौडेल
१५. ट्रेड युनियन समन्वय समिति : हरिशरण नेपाली
१६. भातृ संघ समन्वय समिति : गोविन्द बहादुर शाह
१७. शुभेच्छुक संस्था समन्वय समिति : ईश्वरी न्यौपाने
१८. आदिवासी जनजाति समन्वय समिति : गणेश लामा
१९. दलित समुदाय समन्वय समिति : नृप वड
२०. महिला समन्वय समिति : उषा राउत
२१. युवा विद्यार्थी परिचालन समिति : कुन्दनराज काफ्ले
२२. पेसागत बुद्धिजीवी परिचालन समिति : भीमसेनदास प्रधान
प्रदेश समन्वय समितिहरू
२३. सुदूर पश्चिम प्रदेश : वीरबहादुर बलायर
२४. कोशी प्रदेश : गोमा भट्टराई
२५. मधेस प्रदेश : पदमनारायण चौधरी
२६. बागमती प्रदेश : शिव हुमागाईँ
२७. गण्डकी प्रदेश : गुरु बराल
२८. लुम्बिनी प्रदेश : गेहेन्द्र गिरी
२९. कर्णाली प्रदेश : सीता राना
अन्य समन्वय समितिहरू
३०. वैदेशिक रोजगार व्यवसायी समन्वय समिति : सीता देवकोटा
३१. जिल्ला काठमाडौँ सम्पर्क समन्वय समिति : मानबहादुर नेपाली
३२ . सचिवालय समन्वय समिति : दीपक प्रसाद कुइँकेल




प्रतिकृया