• २१ साउन २०८३, बिहीबार
  • ७:०८ बेलुका

स्वास्थ्य उपचारपछि साउन २६ मा स्वदेश फर्किंदै शेरबहादुर देउवा

प्रकाशित मिति

२०८३ श्रावण २१ गते, बिहीबार ०४:३४

२१ साउन २०८३ काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवास्वास्थ्य उपचारपछि साउन २६ गते स्वदेश फर्किने भएका छन्। देउवानिकट कांग्रेस नेता राजु श्रेष्ठका अनुसार देउवा साउन २६ गते राति ९:४५ बजे काठमाडौं आइपुग्नेछन्।

उनी यसपटक एक्लै नेपाल फर्किनेछन् भने परिवारका अन्य सदस्य केही समयपछि फर्किने बताइएको छ। देउवा स्वास्थ्य उपचारका लागि फागुन १३ गते सिंगापुर गएका थिए। त्यसपछि चैत ७ गते हङकङ पुगेका उनी केही समय त्यहाँ बसेर पुनः सिंगापुर फर्किएका थिए।

Kamana Sewa

स्वदेश फर्किएपछि देउवाले साउन २९ गते आयोजना हुने नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेता श्रेष्ठले जानकारी दिएका छन्।

Classic Tech Desktop

प्रतिकृया