• १५ असोज २०८३, बिहीबार
  • ९ः४७ बिहान

नेप्से १३.८२ अंकले घट्यो, कारोबार ४ अर्ब ६२ करोडमा सीमित

प्रकाशित मिति

२०८३ श्रावण २१ गते, बिहीबार ०३:१९

२१ साउन २०८३ काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ बिन्दुमा झरेको छ। आज ३४७ कम्पनीको १ करोड ८ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ६२ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

National Life

कारोबारमा अधिकांश समूह दबाबमा देखिएका छन्। १३ उपसूचकमध्ये व्यापार समूह मात्रै ०.५९ प्रतिशतले बढेको छ भने बाँकी १२ उपसूचक राताम्मे भएका छन्।

बजारमा आज ६४ कम्पनीको शेयर मूल्य बढेको, २०२ कम्पनीको घटेको तथा १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। समग्र बजारमा बिक्रीचाप बढेपछि नेप्से दोहोरो अंकले ओरालो लागेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया